Friday, March 29
Shadow

Tag: वामदेव गौतम

वामदेव गौतम पार्टी एकताकै पक्षमा, गरे यस्तो अपिल

वामदेव गौतम पार्टी एकताकै पक्षमा, गरे यस्तो अपिल

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि अपिल गरेका छन् । उनले आज एक अपिल जारी गर्दै पार्टीमा उत्पन्न अन्तरविरोधहरुको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरुको अयोग्यता रहेको टिप्पणी गरेका छन् । हेर्नुहोस उनले सामाजिक संजालमा जारी गरेको अपिल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान अपिल आदरणीय कमरेडहरु, आज नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको छ । योसंकटले जुर्मुाउँदै उठेको नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजन तर्फ धकेली रहेको छ । नेपालको मात्र होइन एसियाको इतिहासमा पहिलो पटक बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अन्तरगत कम्युनिष्ट पार्टीले निर्वाचनबाट दुइतिहाई नजिकको बहुमत प्राप्त लोकतान्त्रिक सरकार निर्माण हुनु आफैमा गौरवमय उपलब्धि थियो । यो उपलब्धि माक्र्स...
दिगो विकास तथा सुशासन समितिमा वामदेव गौतम मनोनीत

दिगो विकास तथा सुशासन समितिमा वामदेव गौतम मनोनीत

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , पुस २३ । राष्ट्रियसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम उनलाई सो समितिमा मनोनयन गरिएको हो । बैठकमा यसअघि प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६र०७७ पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार अपराह्न १ बजे बस्नेछ ।...
प्रधानमन्त्रीको कार्यशैलीले गर्दा नेकपामा विवाद उत्पन्न भयो : वामदेव

प्रधानमन्त्रीको कार्यशैलीले गर्दा नेकपामा विवाद उत्पन्न भयो : वामदेव

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २३ राष्ट्रिय सभाका सांसद वामदेव गौतमले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचक भएको बताएका छन्। बिहीबार राष्ट्रियसभा बैठकलाई पहिलोपटक सम्बोधन गर्दै सांसद गौतमले प्रधानमन्त्रीको कार्यशैलीले गर्दा नेकपामा विवाद उत्पन्न गराएको बताए। ‘प्रधानमन्त्रीको म कटु आलोचक हो, उहाँको कार्यशैली गर्दा हाम्रो पार्टीमा धेरै धेरै विवाद उत्पन्न गराएको छ’, उनले भने। उनले ओली आफ्नो ४३ वर्षदेखिको मित्र र सहयोद्धा भएको बताउँदै आफूले धेरै पटक शैली सुधार गर्न सुझाब दिएको बताए। ‘प्रधानमन्त्री ओलीलाई शैली सुधार गर्न मैले धेरै पटक सुझाब दिएको छु। उहाँ दुई पटक प्रधानमन्त्री हुनुभो, दुवैपटक मैले धेरै सुझाब दिए। कति ग्रहण गर्नु भो, कति भएन’, उनले भने।...