Friday, March 29
Shadow

Tag: ला लिगाः

ला लिगाः बार्सिलोनाको सहज जीत, पेलेलाई पछि पार्दै मेस्सीले बनाए किर्तिमानी

ला लिगाः बार्सिलोनाको सहज जीत, पेलेलाई पछि पार्दै मेस्सीले बनाए किर्तिमानी

खेलकुद
काठमाडौं, पुस ८ । लियोनल मेस्सीले बार्सिलोनाबाट ६४४ गोल गर्दै ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका छन् । योसँगै ला लिगा फुटबलमा बार्सलोनाले भालाडोलिडमाथि सहज जित निकालेको छ। जोस जोरिल्ला मैदानमा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ३-० को जित निकालेको हो। बार्सिलोनाको जितमा क्लिमेन्ट लेग्लेन्ट, मार्टिन ब्रेथवेट र मेस्सीले १र१ गोलको योगदान दिए । यो सँगै उनमा महान ब्राजिलियन खेलाडी पेलेको कीर्तिमानलाई पछि पारेका छन्। उनले बार्सिलोनाका लागि ६४४ औं गोल गर्दै एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन्। अघिल्लो खेलमै उनले पेलेसँगको कीर्तिमानलाई बराबरी बनाएका थिए। पेलेले ब्राजिलियन क्लब सान्टोसबाट १९ सिजन खेल्दै ६४३ गोल गरेका थिए।जितसँगै १४ खेलबाट २४ अंक जोडेको बार्सिलोना अंकतालिकाको पाँचौं स्थानमा छ। त्यस्तै १४ अंक जोडेको भालाडोलिड १८ औं स्थानमा छ।  ...