Thursday, April 25
Shadow

Tag: रुपन्देही

राजसंस्थाको पक्षमा आज रुपन्देहीमा प्रदर्शन

राजसंस्थाको पक्षमा आज रुपन्देहीमा प्रदर्शन

मुख्य समाचार, राजनिती, स्थानिय तह
मंसिर २६,बुटवल राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै शुक्रबार रुपन्देहीमा प्रदर्शन भएको छ । शिव सेना नेपालको आयोजनामा तिलोत्तमाको भलबारीबाट भैरहवासम्म मोटरसाइकल तथा कार र्याली प्रदर्शन भएको हो । गाडीमा पृथ्वीनारायण शाहको तस्वीर राखेर राष्ट्रिय झण्डासहित सुरु भएको र्याली भलबारीबाट बुद्धचोक, लुम्बिनी रोड, गल्लामण्डी, मिलनचोक,देवकोटाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, केन्द्रीय सदस्य अनिल जैसवाल,रुपन्देही अध्यक्ष विपिन मल्लिक लगायतले सम्बोधन गरेका थिए । उनीहरुले राष्ट्रिय एकता, अखण्डता र धर्म रक्षाका लागि राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापना गरिनुपर्ने धारणा राखेका थिए । राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको लागि हुने जुनसुकै प्रदर्शनमा पनि सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (रा...