Saturday, March 30
Shadow

Tag: राज्यमन्त्री मानन्धर

राज्यमन्त्री मानन्धरले बनाए गीत गायर गायनमा विश्व कीर्तिमान

राज्यमन्त्री मानन्धरले बनाए गीत गायर गायनमा विश्व कीर्तिमान

मनोरञ्जन, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ , पुस १० । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड बनाएका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन सुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्डसम्म गीत गाएर विश्व रेकर्ड बनाएका हुन् । यस अघि विश्वमा मन्त्री पदमा रहेर लगातार गीत गाएको कीर्तिमान बनेको थिएन । कीर्तिमान बनाउने क्रममा मन्त्री मानन्धरले ५९ वटा गीत गाएका थिए । बालाजुस्थित आफ्नै लगानीको अष्टनारायण चलचित्रहलमा एक विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्डका लागि गीत गाएका थिए । राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेमा बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम भएको छ । कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीत गाएका थिए । उनले नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, ता...