Tuesday, April 23
Shadow

Tag: राजस्व अनुसन्धान विभाग

एक अर्ब राजस्व छलेको आरोपमा १३ जनाविरुद्ध मुद्दा

एक अर्ब राजस्व छलेको आरोपमा १३ जनाविरुद्ध मुद्दा

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन ४। झुटा तथा नक्कली बिजक प्रयोग झण्डै एक अर्ब बराबरको राजस्व छली गरेको आरोपमा १३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा विभिन्न ११ वटा फर्मको बैंक खाता सञ्चान गरी १३ जनाले राजस्व छली गरेको पाइएको हो। । उनीहरूले वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को बिजक मात्र किनेर मूल्य अभिवृद्धि कर र आयकर छली गरेका विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए। यस आर्थिक अपराधमा सर्लाहीको बलरा नगरपालिका–७ बस्ने मुख्य अभियुक्त सुबोध साहसहित १० र उनीहरूको मतियारको रुपमा अन्य तीन गरी १३ को संलग्नता रहेको विभागले जनाएको छ। उनीहरूले ९१ करोड ३० लाख ५६ हजार बिगो बराबरको राजस्व छली गरेको विभागले आरोप लगाएको छ। यसमा अनुसन्धान सकी बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबीसहित आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको महानिर्...