Thursday, April 18
Shadow

Tag: राजसंस्था

राजसंस्थाको पक्षमा आज रुपन्देहीमा प्रदर्शन

राजसंस्थाको पक्षमा आज रुपन्देहीमा प्रदर्शन

मुख्य समाचार, राजनिती, स्थानिय तह
मंसिर २६,बुटवल राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै शुक्रबार रुपन्देहीमा प्रदर्शन भएको छ । शिव सेना नेपालको आयोजनामा तिलोत्तमाको भलबारीबाट भैरहवासम्म मोटरसाइकल तथा कार र्याली प्रदर्शन भएको हो । गाडीमा पृथ्वीनारायण शाहको तस्वीर राखेर राष्ट्रिय झण्डासहित सुरु भएको र्याली भलबारीबाट बुद्धचोक, लुम्बिनी रोड, गल्लामण्डी, मिलनचोक,देवकोटाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, केन्द्रीय सदस्य अनिल जैसवाल,रुपन्देही अध्यक्ष विपिन मल्लिक लगायतले सम्बोधन गरेका थिए । उनीहरुले राष्ट्रिय एकता, अखण्डता र धर्म रक्षाका लागि राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापना गरिनुपर्ने धारणा राखेका थिए । राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको लागि हुने जुनसुकै प्रदर्शनमा पनि सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (रा...
राजसंस्थाको माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन : के फर्किएला त राजसंस्था

राजसंस्थाको माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन : के फर्किएला त राजसंस्था

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २० राजसंस्थाको माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ। ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आव्हानमा राजसंस्थाको माग गर्दै प्रदर्शन भएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रहलाई बेवास्ता गर्दै राजावादीहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। माइतीघरमा भेला भएका उनीहरू जुलुससहित नयाँ बानेश्वरसम्म पुगि कोणसभामा परिणत भएका थिए। उनीहरूले पृथ्वीनारायण शाहको तस्वीर बोकेका थिए भने संघीयता एवं धर्म निरपेक्षता खारेज गर्न र राजसंस्थाको पुनर्स्थापना गर्नुपर्ने नारा लगाएका छन्। सभामा अधिवक्ता सुरेन्द्र भण्डारीले राजसंस्था स्थापना हुनुपर्ने र संघीयतासँगै धर्म निरपेक्षता खारेज हुनुपर्ने आफूहरूको रहेको बताए। जिल्ला प्रशासन कार्यालयले विरोध प्रदर्शन गर्दा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शन लगायतका गतिविधि गर्न र...