Thursday, May 2
Shadow

Tag: रसुवागढी

पछिल्लो २८ महिनामा रसुवागढी र तातोपानी नाकाहुँदै चीनबाट साढे ६८ अर्बभन्दा बढीको वस्तु नेपाल भित्रियो

पछिल्लो २८ महिनामा रसुवागढी र तातोपानी नाकाहुँदै चीनबाट साढे ६८ अर्बभन्दा बढीको वस्तु नेपाल भित्रियो

आर्थिक, ब्यानर समाचार
काठमाडौं- चीनसँग नेपालको प्रमुख व्यापारिक नाका हुन्– रसुवागढी र तातोपानी । यी दुई नाकाबाट नेपाली वस्तु चीनतर्फ नगएको २८ महिना भएको छ । यो अवधिमा चीनबाट भने निर्वाध रुपमा नेपालमा वस्तुहरु आइरहेको छ । ‘सुरुमा कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै तातोपानी र रसुवागढी नाकाहुँदै नेपाली वस्तु चीन पठाउन रोक लगाइएको हो । त्यसपछि यी दुई नाकाबाट नेपाली वस्तु चीन तर्फ गएको छैन,’ भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले न्युज कारखानासँग भने । रसुवागढी र तातोपानी नाका एकतर्फ सञ्चालन भइरहेको निकै लामो समय भयो । २०७६ चैत ११ गते कोरोन नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले लकडाउन गरेयता यी दुई नाकाबाट नेपालले सामान पठाउन सकेको छैन । भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो २८ महिनामा (२०७६ चैतदेखि २०७९ असार मसान्तसम्म) तातोपानी र रसुवागढी नाकाबाट ६८ अर्ब २२ करोड ५४ लाख ८ हजार रुपैयाँको वस्तु ...