Tuesday, April 23
Shadow

Tag: रत्नकुश रंजित

युवा व्यवसायी रत्नकुश रंजित पछिल्लो समयमा खेलाडिहरुको मनमा बस्न सफल

युवा व्यवसायी रत्नकुश रंजित पछिल्लो समयमा खेलाडिहरुको मनमा बस्न सफल

मुख्य समाचार, समाचार, समाज
महेन्द्र अधिकारी , ललितपुर, माघ ८ । बनेपा नगरपालिकाका युवा व्यवसायी रत्नकुश रंजित पछिल्लो समयमा खेलाडिहरुको मनमा बस्न सफल हुनुभएको छ । आज एक कार्यक्रमका साथ रंजितले बनेपा फुटबल क्लबका खेलाडिहरुलाई जर्सी सहयोग गर्नुभएको हो । खेलाडिहरु पाँचखालमा भईरहेको मेयर कप फुटबल प्रतियोगिता खेल्नका लागि पाँचखाल जाने क्रममा रंजितले सो सहयोग गर्नु भएको हो । एक पुराना खेलाडिले आफुहरुले खेल्ने समयमा धेरै मेहेनत गरेर तर कतैबाट यस्तो सहयोग नआएको बताएका थिए खेलाडिहरुले खेल खेल्दै गर्दा आफुहरुलाई आईपर्ने समस्याहरुका लागि व्यवसायी तथा समाजसेवी रत्नकुश जस्ता व्यक्तिले गरेको सहयोगले नै प्रेरणा दिने बताएका छन् । व्यवसायी रंजितले भने आफुले ठूलो सहयोग नगरेको र खेलाडिहरुको मनोबल उच्च बनाउनका लागि जर्सी सहयोग गरेको बताउनु भएको छ ।...