Friday, April 19
Shadow

Tag: युवराव खतिवडा

अमेरिकी राजदुतमा युवराव खतिवडा नियुक्त

अमेरिकी राजदुतमा युवराव खतिवडा नियुक्त

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, राजनिती, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी हुन्। उनको करिअर नेपाल राष्ट्र वैंकको अधिकृतबाट सुरू भएको हो। उनलाई पूर्व एमाले सरकारले राष्ट्र वैंकमा गभर्नर नियुक्त गरेको थियो। गभर्नर नियुक्त हुनु अघि नै एकपटक र गभर्नर भएपछि एक पटक गरी खतिवडालाई पूर्व एमाले सरकारले दुइपटक राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो। एमालेले नै गएको निर्वाचनपछि खतिवडालाई राष्ट्रियसभा लगेको थियो। लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेर काम गरेका खतिवडालाई उनले पार्टीका धेरै सिनियर नेताका आकांक्षा पन्छाउँदै अर्थमन्त्री बनाएका थिए। यसअघि मन्त्रिपरिषद बैठक...