Friday, April 26
Shadow

Tag: यातायात

यातायात व्यवसायीहरुद्वारा भाडा बढाउन माग, बुझाए ध्यानाकर्षण पत्र

यातायात व्यवसायीहरुद्वारा भाडा बढाउन माग, बुझाए ध्यानाकर्षण पत्र

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , चैत ५। सार्वजनिक यातायात व्यवसायीहरुले सवारी भाडा समायोजन गर्न सरकारसँग माग गरेका छन् । २०६९ सालदेखि एक पटक पनि भाडा समायोजन नभएको तर पेट्रोलियम पदार्थको मूल्य भने पटक–पटक बढेर अधिकतम एक सय १८ रुपैयाँ प्रतिलिटर पुगिसकेको भन्दै व्यवसायीहरुले अबिलम्ब भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । बिहिबार यातायात व्यवसायीहरुको छाता संगठन यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटी भाडा समायोजन गरिदिन ध्यानाकर्षण पत्र बुझाएका छन् । २०६५ साल चैत २० गतेको सरकारी निर्णय अनुसार नै तय गरिएको वैज्ञानिक भाडा प्रक्रियाअनुसार पेट्रोलियम पदार्थको ३५ प्रतिशत र सार्वजनिक सवारी साधनसँग सम्बन्धित बीमा, कर, बैंकिङ ब्याज, पार्टपुर्जा, टायर लुव्रिकेन्टस लगायतका अन्य कम्पोनेन्टहरुको आधारमा ६५ प्रतिशतलाई आधार मानी प्रत्येक आर्थिक वर्षको भाद्र म...