Saturday, April 27
Shadow

Tag: म्याराथन

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ गते हुने

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ गते हुने

खेलकुद
काठमाडौं, पुस २८ । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी फागुन १ गते हुनेभएको छ । म्याराथनको विजेताले रु दुई लाख तथा द्वितीयले रु एक लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्ने मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्व मानचित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकको भनाइ छ । यस वर्षदेखि महिलाका लागि २१ किमी ९हाफ म्याराथन० पोखरा म्याराथनमा समावेश गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः रु एक लाख, ७५ हजार, ५० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । नेपाली खेलकूदमा महिला खेल...