Friday, March 29
Shadow

Tag: मेलम्ची खानेपानी

मेलम्ची पुनर्निर्माणका लागि थप एक अर्ब बजेट

मेलम्ची पुनर्निर्माणका लागि थप एक अर्ब बजेट

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाण्डौं, असोज ४ बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजनाको पुनर्निर्माणलाई अगाडि बढाउन सरकारले समितिलाई तत्कालका लागि एक अर्ब रुपियाँ उपलब्ध गराएको जानकारी दिए । यसअघि मेलम्ची खानेपानी विकास समितिले चैतबाट अस्थायी रूपमा काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्न सकिने कार्य योजना सरकारलाई बुझाएको थियो । समितिले मेलम्चीको पुनर्निर्माण गरी पानी वितरणका लागि दुई अर्ब रुपियाँ मागसहितको कार्य योजना सरकार समक्ष पेस गरेको थियो ।...
मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तीव्र

मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तीव्र

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ २३ । मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको ‘हेडबक्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडबक्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ भएको हो । त्यो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै अवधिमा सम्पन्न गर्न नसकिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । अहिले निर्माण धमाधम अघि बढिरहेकाले चैतसम्ममा सम्पन्न गरिसकिने उनको भनाइ छ । ‘हेडबक्समा कङ्क्रिट गर्ने, गेटको फ्रेम राख्नेलगायतका काम सकिएको छ । उनले भने, “विद्युतीय कामलगायतका अरु केही काम अझै बाँकी छ ।” गत वर्ष चैतदेखि आयोजनामा जनशक्ति र निर्माण सामग्री अभावका कारण निर्माणले गति लिन नसकेको सूचना अधिकारी पन्तले बताए । उनका अनुसार त्यो अवधिमा आवश्यक जनशक्तिको आधाभन्दा कम मात्रै निर्माणस्थलमा काम गरेका थिए । कोरोना सङ्क्रम...