Tuesday, April 23
Shadow

Tag: मृत्यु भएका मानिस

सपनामा मृत्यु भएका मानिस देखिन्छन् भने यस्तो हुनसक्छ कारण

सपनामा मृत्यु भएका मानिस देखिन्छन् भने यस्तो हुनसक्छ कारण

अचम्मका कुरा, जिवनसैली, समाचार, समाज
काठमाण्डौँ, मंसिर २४ जीवन र मरण जीवनको सबभन्दा ठूलो सत्य हो । जन्मिने मान्छे मर्नैपर्छ । आफूनजिक रहेका मृत व्यक्ति कहिलेकाहीँ सपनामा आउँछन् । यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ । मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन् । सपनामा देखापरेर मृत व्यक्तिहरूले निर्देशन वा आश्वासन दिन्छन् । पछि हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउँछन् । सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन गर्न सक्छ । यस्ता सपनाहरूमा उठ्ने भावना तीव्र र ज्वलन्त हुन्छन् । सपना देख्नेले आफू वास्तविकता बाँचिरहेको छु भन्ने ठान्छ । कहिलेकाहीँ त निद्रा खुलेपछि पनि मानिस सपनाको प्रभावबाट बाहिर निस्कँदैन । यस्ता सपनाको प्रभाव केही क्षणदेखि धेरै वर्षसम्म रहन सक्छ । यस्ता सपनामा देखिने परिचित व्यक्ति जीवनमा बिरामी थिए वा बिरामीकै कारण मरेका हुन् भने पनि स्वस्थ देखिन्छन् । सपनामा देखिने उनी...