Tuesday, April 23
Shadow

Tag: मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले गरे संसदीय दलका उपनेता र सचेतक पदमुक्त

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले गरे संसदीय दलका उपनेता र सचेतक पदमुक्त

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, पुस १४ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा दाहाल–नेपाल समूहका ४५ जना सांसदको नेतृत्व गरेका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई संसदीय दलका नेतासमेत रहेको पौडेलले मंगलबार पदमुक्त गर्दै स्पष्टिकरण सोधेका छन् ।उनीहरुसहित ३० जना सांसदलाई स्पष्टिकरण सोधिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । ‘संसदीय दलको विधानअनुसार कारबाही गरिएको हो ।’, मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले आवश्यकताका आधारमा पहिलो चरणमा ३० जना सांसदहरुसँग स्पष्टिकरण सोधिएको बताए । पदमुक्त गरिएका दुवैजना तत्कालीन माओवादीको तर्फबाट प्रदेशसभा निर्वाचित भएका थिए । नेकपाको दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यले पुस १० गते शुक्रबार मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्त...