Thursday, April 18
Shadow

Tag: मुख्यमन्त्री पोखरेल

कृष्णनगरमा मुख्यमन्त्री पोखरेललाई बुझाइयो ज्ञापन पत्र

कृष्णनगरमा मुख्यमन्त्री पोखरेललाई बुझाइयो ज्ञापन पत्र

मुख्य समाचार, समाचार, समाज
रवि प्रकाश कसौधन, कृष्णनगर, पुस, २४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हिजो कपिलवस्तु जिल्लाको कृष्णनगर भंसार नाकाको अवलोकन गरेका छन् । राजनीतिक दलका नेता, कार्यकर्ता, व्यापारी, उद्योगी, कर्मचारी लगायतसंग भेटघाट तथा छलफल पनि गरेका छन् । भेटघाट तथा छलफलका क्रममा राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य श्याम कुमार मिश्रको नेतृत्वमा प्रेम शंकर शुक्ल लगायतको टोलीले यहि पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवसको अवसरमा नेपाल सरकारद्वारा भव्यरूपमा मनाउन र उक्त दिन सार्वजनिक विदा घोषणाको माग गर्दै मुख्यमंत्री पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् । साथै कृष्णनगरको लिंकगेटमा निर्माणाधीन रहेको प्रवेशद्वार कार्य पुरा गर्न रकम निकाला गर्न समेत प्रवेशद्वार निर्माण समितिले ध्यानाकर्षण गराएको छ । उक्त छलफलमा व्यापारी लगायत अन्यले आ- आफ्नो समस्याको बारेमा ध्यानाकर्षण गरा...