Thursday, April 25
Shadow

Tag: मन्त्री ज्ञवाली

राष्ट्रपति भण्डारी स्वदेश फिर्ताः राजकीय भ्रमण फलदायी:  मन्त्री ज्ञवाली

राष्ट्रपति भण्डारी स्वदेश फिर्ताः राजकीय भ्रमण फलदायी: मन्त्री ज्ञवाली

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , चैत १० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमण फलदायी भएको बताएका छन् । राष्ट्रपति भण्डारी भ्रमण पूरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल तथा बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउन मद्दत पुगेको बताए । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकी मनाउने कार्यक्रममा सहभागी हुने सिलसिलामा राष्ट्रपति भण्डारी यही चैत ९ र १० गतेसम्म बङ्गलादेशको राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी हुन् । भ्रमणको पहिलो दिन राष्ट्रपति भण्डारीले बङ्गलादेशको सावरस्थित राष्ट्रिय शहीद स्मारकको भ्रमण गर्नु भ...