Saturday, April 20
Shadow

Tag: मन्त्री गुरुङ

चुनावको घोषणा असंवैधानिक हुन सक्दैन :  मन्त्री गुरुङ

चुनावको घोषणा असंवैधानिक हुन सक्दैन : मन्त्री गुरुङ

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , पुस २८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चुनाव घोषणा गरेर ताजा जनादेशमा जाऔँ भन्नु असंवैधानिक कदम हुनै नसक्ने बताएका छन् । काठमाडौँमा आज क्रियाशील दलित पत्रकार सङ्घ नेपालको प्रथम वार्षिक साधारणसभामा मन्त्री गुरुङले ताजा जनादेशमा जाने कुराले स्वतन्त्रता हनन भयो वा ‘कु’ भयो भन्नु सरासर गलत हो भने । उनले अहिलेको परिस्थितिमा नयाँ निर्वाचनमा जानुको कुनै विकल्प नभएको समेत बताए । “मुलुकलाई अनिर्णयको बन्दी बनाउनुभन्दा नयाँ जनादेशमा जाऔँ भन्नु कहाँको असंवैधानिक हो रु”, सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री गुरुङले प्रश्न गरे । मन्त्री गुरुङले तत्कालीन माओवादीले जनयुद्धको समयमा प्रयोग गरेको ढाडमा टेकेर टाउकामा हान्ने रणनीति अहिले प्रचण्ड–नेपाल समूहले नक्कल गरेको उल्लेख गर्दै सो रणनीति सफल हुनै नसक्ने दाबी गरे । “ढाडमा टेकेर टाउकामा हान्ने रणनीति हिजो असफल थियो, अहिले...