Friday, April 17
Shadow

Tag: भीम रावल

भीम रावलले भने- एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन

भीम रावलले भने- एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन

मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन २८ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधानविपरित पार्टीको महाधिवेशनको मिति तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको भन्दै गुनासो गरेको छ । एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाल लगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिए । उनले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गरेको भन्दै आपत्ति जनाए । सो समूहको बैठकपछि नेता रावलले भने, “एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा थप छलफल गर्छौँ ।” प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कमिटीको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारीसहित केही केन्द्रीय सदस्य थप गरेको थियो ।...
ओली समुहद्धारा भीम रावलसहित तीन नेतालाई कारवाही गर्दै पदबाट हटाउन सिफारिस

ओली समुहद्धारा भीम रावलसहित तीन नेतालाई कारवाही गर्दै पदबाट हटाउन सिफारिस

ब्यानर समाचार, राजनिती
काठमाडौ, पुस २३ । नेकपा प्रचण्ड–माधव समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित तीनजना नेतालाई ओली समूहले कारवाही गर्दै पदबाट हटाउन सिफारिस गरेको छ । बुधबार धनगढीमा बसेको नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकले खाताबाट ३० लाख झिकेर अनियमितता गरेको आरोप लगाउँदै इन्चार्ज भीम रावल, प्रदेश सचिव नेप बहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारवाही गर्न केन्द्रमा सिफारिस गरेको नेकपा ओली पक्षका प्रदेश अध्यक्ष कर्ण बहादुर थापाले बताए । बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ । प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन कार्यक्रमलाई शानदार रूपमा सफल पार्न...