भाषा आयोगको लापरबाही : जुम्ली खस भाषाको अभिलेख नै छैन
काठमाडौं- खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । भाषा क्षेत्रमा काम गर्नेका लागि भनेर नेपाल सरकारले एक राष्ट्रिय भाषा आयोग पनि स्थापना गरेको छ । तर सो भाषा आयोगको लापरबाहीले जुम्ली खस भाषाको अभिलेख छैन ।
खस भाषा नेपाली भाषाको माउभाषा भनेर पनि चिनिन्छ । जुम्लालगायत कर्णालीमा खस भाषा अहिले पनि बोलिन्छ । भाषा आयोगले खस भाषालाई आधिकारिकता दिएको छैन । यो भाषामा भाषा आयोग वा अरू कुनै सरकारी निकायले शब्दकोश बनाएको पाइँदैन ।
संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा भनेको छ । नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानूनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने संविधानमा उल्लेख छ । भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरेबमोजिम हुने गरेको ...
