Thursday, April 25
Shadow

Tag: भारत बस दुर्घटना

भारत बस दुर्घटना (अपडेट) :  मृतकको संख्या ४२ पुग्यो, उद्धार कार्य अझै जारी

भारत बस दुर्घटना (अपडेट) : मृतकको संख्या ४२ पुग्यो, उद्धार कार्य अझै जारी

अन्तर्राष्ट्रिय, ब्यानर समाचार
काठमाडौँ, फागुन ४ । भारतको मध्य प्रदेशमा आज बिहान बस नहरमा खस्दा मृत्यु हुनेको संख्या ४२ पुगेको छ । मध्य प्रदेशको सिधी जिल्लाको रामपुरस्थित ३० फिट गहिरो शर्दा नहरमा बस खसेको हो । हालसम्म नहरबाट ४२ जनाको शव निकालिएको बीबीसी हिन्दीले जनाएको छ । बसका यात्रुमध्ये ७ जनाको उद्धार गरिएको छ । स्थानीय अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । गोताखोर मद्दतले बेपत्ताहरुको खोजी कार्य जारी राखिएको छ ।यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृत्यु भएकाको परिवारलाई जनही दुई लाख भारु राहत दिने घोषणा गरेका छन् । उनले घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरुमा श्रद्धाञ्जली र शोकाकूल परिवारमा समवेदना प्रकट गरेका छन । जिल्ला प्रशासनले क्रेनको मद्दतले नहरमा डुबेको बस बाहिर निकालिएको जनाएको छ ।...