Wednesday, April 24
Shadow

Tag: भामुख सापकोटा

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ: सभामुख सापकोटा

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ: सभामुख सापकोटा

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , माघ १ । सभामुख अग्निप्रसाद सापकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको स्मरण गरेका छन् । माघे सङ्क्रान्तिका अवसरमा आज एक शुभकामना सन्देश दिदै उन जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृति हाम्रा मौलिक विशेषता भएको बताएका छन् । उनले भनेका छन्, “संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ ।” तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीले आआफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको उनको सन्देशमा उल्लेख छ । सभामुखले थारु समुदायले माघीलाई महत्वपूर्ण चाड एवं नयाँ वर्षका रुपमा मनाउने गर्छन् भने माघे सङ्क्रान्तिलाई विभिन्न परिकार बनाएर खाने दिनका रुपमा पनि लिइने उल्लेख गरेका छन । सभामुखले सन्देशमा भनेका छन्, “कोभिड–१९ को महामारी कायम रहेकाले यस वर्षका अरु चाड...