Saturday, April 27
Shadow

Tag: भत्ता

कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले पाएनन् भत्ता

कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले पाएनन् भत्ता

पत्रपत्रिका, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, फागुन १० । कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन्। स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन्। मन्त्रालयका कर्मचारीले २०७६ चैतदेखि २०७७ कात्तिकसम्मको जोखिम भत्ता लिइसकेका छन्। प्रायः कर्मचारीले प्रत्येक दिनको भत्ता लिएका छन्। त्यसरी जोखिम भत्ता लिनेले त्यही दिनको बैठक भत्तासमेत बुझेका छन्। काजमा जानेले भ्रमण भत्ता लिएका छन्। स्वास्थ्य संस्था, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई संशोधन गर्न गठित समितिको असार १३ देखि २४ सम्म १२ वटा बैठक बसेको थियो। ती बैठकमा उपस्थित भएको भन्दै डा। विकास देवकोटा, मुक्तिनाथ न्यौपाने, सानुबाबु अधिकारी, पुष्करराज नेपाल, पानबहादुर क्षत्री, किशोर श्रेष्ठ, मुना शर्मा, प्रकाश पोखरेल, विजयक्रान्ति...