Friday, April 26
Shadow

Tag: बेल्जियम

विश्वकप फुटबल छनोटमा बेल्जियम विजयी

विश्वकप फुटबल छनोटमा बेल्जियम विजयी

खेलकुद
काठमाडौँ, चैत १२ । फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटमा बेल्जियम विजयी भएको छ । बुधबार राति भएको छनौटको पहिलो खेलमा बेल्जियमले वेल्सलाई ३-१ गोलले पराजित गरेको छ ।बेल्जियमले एक गोलले पछि परेको स्थिति उल्टाएर पुनरागमन जित निकालेको हो । बेल्जियमको जितमा केभिन डी ब्रुएन, थोर्गन हाजार्ड र रोमेलु लुकाकुले एक एक गोल गरे । खेलमा सुरुवाती अग्रता वेल्सले बनाएको थियो । खेलको ११औँ मिनेटमा ह्यारी विल्सनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको २२औँ मिनेटमा केभिनले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा ल्याए । २८औँ मिनेटमा हाजार्डले गोल गरेपछि बेल्जियमले २-१ को अग्रता बनायो । ७३औँ मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई ३-१ को सहज जित दिलाए । जितसँगै समूह ‘ई’ को बेल्जियमले ३ अंक जोडेको छ । बेल्जियम समूहको दोस्रो स्थानमा रहेको छ ।...