Tuesday, April 16
Shadow

Tag: बालविवाह विरुद्ध धर्मगुरुहरू

बालविवाह विरुद्ध धर्मगुरुहरूको सामुहिक प्रतिबद्धता

बालविवाह विरुद्ध धर्मगुरुहरूको सामुहिक प्रतिबद्धता

शिक्षा, समाचार, समाज
कृष्णनगर, पुस २६ कृष्णनगर नगरपालिका अन्तर्गत धार्मिक संस्कारहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष भुमिका रहने धार्मिक गुरूहरूको बालविवाह विरुद्धको अभियानमा सामुहिक प्रतिबद्धता जनाएका छन् । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, युनिसेफ नेपालको सहयोग तथा कृष्णनगर नगरपालिका को समन्वयमा कृष्णनगर नगरपालिकामा संचालित कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत बालविवाह निवारणमा धर्मगुरु हरूको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बालवालिका को उमेर समुह, बाल अधिकार , बालविवाह र यसका असर तथा कानुनी सजाय लगायतका विषयमा रहेर छलफल गरिएको थियो । सहभागीहरू बाट बालविवाह निवारणमा उनिहरूको भूमिका का बारेमा सुझाव संकलन गरि बालविवाह गर्ने गराउने कार्यमा संलग्न नहुने र कहि कतै भए गरेको थाहा पाएमा पालिका, प्रहरी तथा सम्बंधित निकायमा जानकारी गराउने सामुहिक प्रतिबद्धता जनाएक...