Friday, April 26
Shadow

Tag: बार्सिलोना

स्पेनिस ला लिगाः बराबरीमा रोकियो बार्सिलोना

स्पेनिस ला लिगाः बराबरीमा रोकियो बार्सिलोना

खेलकुद, मुख्य समाचार
काठमाडौँ , फागुन १० । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार बार्सिलोनालाई काडिजले १-१ गोलमा रोकेको हो । खेलका दुवै गोल पेनाल्टीबाट भएका थिए । बार्सिलोनाका लागि लियोनेल मेसीले खेलको ३२औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर खेलको अन्तिम समयमा ८९औ मिनेट काडिजले पाएको पेनाल्टीलाई एलेक्स फेर्नानडेजले गोलमा परिणत गरेपछि बार्सिलोना बराबरीमा रोकिएको थियो । यो बराबरीपछि बार्सिलोनाले रियल म्याड्रिडसँगको अंक दुरीलाई कम गर्न असफल भएको छ । बार्सिलोनाको २३ खेलमा ४७ अंक भएको छ भने लिगमा तेस्रो स्थानमा रहेको छ । लिगमा शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडको २३ खेलमा ५५ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २४ खेलमा ५२ अंक रहेको छ । त्यस्तै काडिजको २४ खेलमा २५ अंक रहेको छ भने लिगमा १४औ स्थानमा रहेको छ ।...