Friday, March 29
Shadow

Tag: बाइडेन

अमेरिकाका ४६औं राष्ट्रपति बाइडेनको शपथ आज, सुरक्षा व्यवस्था निकै कडा

अमेरिकाका ४६औं राष्ट्रपति बाइडेनको शपथ आज, सुरक्षा व्यवस्था निकै कडा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार
काठमाडौं , माघ ७ । अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिदैछन् । गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पलाई हराएका डेमोक्रेट उम्मेदवार बाइडेनले आज शपथ लिन लागेका हुन् । राष्ट्रपति निवार्चित जो बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस दुवै जना राजनीतिक परेडजस्तो देखिने सत्तारोहण समारोहमा शपथग्रहण गरेर मात्र ह्वाइट हाउस प्रवेश गर्दैैछन् । अमेरिकामा नयाँ राष्ट्रपतिलाई औपचारिक रूपमा पदभार ग्रहण गराउने प्रक्रिया र समारोहलाई इनोग्यूरेशन भनिन्छ । उक्त समारोह राजधानी यो वाशिङ्टन डीसीमा आयोजना हुन्छ । त्यसमा राष्ट्रपति निर्वाचितले पदको शपथको बेहोरा वाचन गर्छन् । संविधानको रक्षा गर्ने प्रतिबद्धता समेटिएको शपथ लिएपछि जो बाइडन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्नेछन् । सत्तारोहण समारोह त्यतिमै समापन हुने भए पनि केही समय त्यहाँ अरू कार्यक्...