Wednesday, April 24
Shadow

Tag: बन्दुकधारीको आक्रमण

बन्दुकधारीको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु

बन्दुकधारीको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, चैत ४ । अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ५० जनाको ज्यान गएको छ। मालीसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा सर्वसाधारणको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तिलाबेरी क्षेत्रको बजारबाट चारवटा सवारी सधानमा आउँदै गरेका मानिसलाई लक्षित गरेर बन्दुकधारीले आक्रमण गरेका हुन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन । घटना सोमबार भएको हो । अहिले सो क्षेत्रमा दुईवटा बिद्रोही समूह सक्रिय छन् । पश्चिममा माली र बुर्किना फासो नजिक तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको दक्षिण पूर्वी क्षेत्रमा सक्रिय छ ।...