Wednesday, April 24
Shadow

Tag: प्रधानमन्त्री केपी ओली

फेरि पनि ओलीको चुनौती – सक्छौ भने मलाई प्रधानमन्त्रीबाट हटाएर देखाऊ

फेरि पनि ओलीको चुनौती – सक्छौ भने मलाई प्रधानमन्त्रीबाट हटाएर देखाऊ

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १८ । प्रधानमन्त्री केपी ओलीले आफूलाई पदबाट हटाएर देखाउन चुनौती दिएका छन्। मंगलबार गृहजिल्ला झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा आफूहलाई हटाउन सजिलो नभएको बताए। उनले अहिले आफूलाइृ हटाए पनि डेढ वर्षपछि हुने चुनावबाट दुई तिहाइ ल्याएर सिंहदरबार फर्कने बताएका छन्। ‘मलाई हटाउन सक्छौ भने हटाउ भनेकै छु, खुशी साथ हट्छु। तर, मलाई हटाउन सजिलो छैन’, उनले भने, ‘अहिल्यै भन्दिन चाहन्छु, डेढ दुई वर्षपछि चुनाव हुन्छ। त्यसमा दुई तिहाइका साथ जितेर सिंहदरबार फर्किन्छु।’ प्रधानमन्त्री ओलीले आफूले अदालतको फैसलाको सम्मान र कार्यान्वयन गर्ने बताए। उनले आफू अदालतमा मुद्दा हाल्न नगएको बताउँदै अदालतको आदेश पालना गर्न तयार रहेको बताए। उनले आफू नेतृत्वको सरकार नेपाली जनताको कम्फर्टेबलका लागि भएको बताउँदै अरुका लागि आफूले केही नसोचेको बताए। ‘नेपाली जनतालाई स...
अबको ओली अस्त्रः नेकपा विभाजन गर्न दल फुटाउने अध्यादेश

अबको ओली अस्त्रः नेकपा विभाजन गर्न दल फुटाउने अध्यादेश

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाण्डौ , माघ २८ । प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेका प्रधानमन्त्री केपी ओलीको अर्को अस्त्र राजनीतिक दल फुटाउने अध्यादेश हुनसक्ने अनुमान गरिएको छ । मंगलबार निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंग्याउन निकै कठिनाइ भएको बताएपछि उनले अब अध्यादेशको बाटो रोज्ने अवस्था देखिएको छ । प्रधानमन्त्री ओलीले मंगलबार नै राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गरेका हुन् । निर्वाचन आयोगले दुवै समूहलाई आधिकारिता नदिएपछि प्रधानमन्त्री ओलीले अध्यादेशका विषयमा आन्तरिक छलफल अघि बढाएको स्रोतको दाबी छ । स्रोतका अनुसार अध्यादेश ल्याउने विषयमा नेकपा ओली समूहका नेताहरुले गृहकार्य गरिरहेका छन् । प्रतिनिधिसभा विघटन गरेपछि आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको तर नेकपाको आधिकारिता विवाद टुंग्याउन नसकेको अवस्थामा निर्वाचन आयोगले चुनाव गराउन आँट गर्ने देखिएको छैन । प्रतिनिधिसभा पुनस...