Thursday, April 25
Shadow

Tag: प्रतिनिधि सभा विघटन मुद्दा

प्रतिनिधि सभा विघटन मुद्दा : पक्ष र विपक्षको बहस सकियो

प्रतिनिधि सभा विघटन मुद्दा : पक्ष र विपक्षको बहस सकियो

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौ , माघ २९ । प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि रिट निवेदक र सरकारी वकिलका तर्फबाट बहस सकिएको छ । बिहीवार सरकारी र सभामुख अग्नि सापकोटाका तर्फबाट बहस भएको हो । अब शुक्रवार (भोलि)रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि एमिकस क्युरीको बहस सुरु हुनेछ । अबको एक हप्ताभित्र फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालत स्रोतले बताएको छ । बिहीवार सभामुख अग्नि सापकोटाका तर्फबाट बहस गरेका अधिवक्ता श्रीकृष्ण सुवेदी, लव मैनाली र श्यामप्रसाद खरेलले संसद्ले प्रधानमन्त्री ओलीलाई पूर्ण सहयोग गरे पनि व्यक्तिगत स्वार्थका लागि उहाँले विघटन गरेको तर्क गरेका छन् । उनीहरुले प्रधानमन्त्रीलाई संविधानले असीमित अधिकार नदिएको पनि बताएका छन् । मैनालीले सर्वोच्चले नै प्रतिनिधि सभा पुनर्स्थापना गरेर बैठकको मितिसमेत तोक्नुपर्ने माग गरेका छन् । यस्तै प्रधानमन्त्रीका निजी वकिल आरसी गौतमले प्रधानम...