Saturday, April 20
Shadow

Tag: प्रतिनिधि सभाको बैठक

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

ब्यानर समाचार, राजनिती
  काठमाडौँ , फागुन २६ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाईएको छ । यसअघि प्रतिनिधिसभा विघटनको निर्णय बदरपछिको पहिलो बैठक फागुन २३ गते बसेको थियो । उक्त बैठकमा सरकारले विभिन्न अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपाले विरोध गरेको थियो । आजको बैठकमा पनि विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची छ । संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव रोजनाथ पाण्डेले प्रतिनिधिसभा विघटनको निर्णय बदरपछिको पहिलो बैठकका लागि कार्यसूचीमा राखेर पनि पारित हुन नसकेका विषय नै बुधबारका लागि सार्वजनिक गरिएको बताए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यी अध्यादेश जारी भएका थिए । अध्यादेश जारी भएको छ महिनाभित्र संसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । ...