Saturday, April 20
Shadow

Tag: पोखरीमा डुबेर

तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २८ तेह्रथुममा शनिबार दिउँसो खेल्न निस्किएका तीनजना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–६ कोलाबुङमा बनाइएको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो । ‘शनिबार दिउँसो साथीसँग खेल्न गए भनेर परिवारले लामो समयसम्म खोजी गर्नु भएनछ’, छथर गाउँपालिकाका प्रवक्ता राजन नेपालीले भने, ‘साँझसम्म नआएपछि सोधिखोजी गर्दा तीनजना बालिकाको शव पोखरीमा भेटिएको हो ।’ सुख्खा क्षेत्र भएकाले स्थानीय कृषकले सिंचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा बालिका डुबेको उनको भनाइ छ । दुई परिवारका तीन बालिकाको मृत्यु भएको हो । कपिला लिम्बुका छोरीहरु ७ र आठ वर्षीय रञ्जना र रोजीनासँगै खेल्न गएकी देवेन्द्र लिम्बुकी ६ वर्षीया छोरी सुहानाको मृत्यु भएको हो । शनिबार दिउँसोकै घटना भए पनि स्थानीय र प्रहरीले साँझमात्र थाहा पाएका थिए । अहिले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल म्याङल...