Friday, April 26
Shadow

Tag: पृथ्वीजयन्ती

पृथ्वीजयन्ती : माल्यार्पणदेखि राष्ट्रिय झण्डा प्रदर्शनीसम्म

पृथ्वीजयन्ती : माल्यार्पणदेखि राष्ट्रिय झण्डा प्रदर्शनीसम्म

ब्यानर समाचार, समाचार
काठमाडौं , पुस २७ । २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्र निर्माताको योगदानका विविध पक्षको स्मरण गर्दै मुलुकभर मनाइयो । सोही क्रममा सिंहदरबारको पश्चिम मूलद्वार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरियो । राष्ट्रिय पोशाक तथा आआफ्ना लोक संस्कृति झल्कने भेषभूषामा रहेका समाजका विभिन्न क्षेत्रसँग आबद्ध महानुभावले र्याली गर्दै शालिकमा पुगेर माल्यार्पण तथा पुष्प गुच्छा अर्पण गरेका थिए । उक्त क्रम दिनभर नै चल्यो । विसं १७७९ पुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वी नारायण शाहले २२औँ – २४औँ सङ्ख्यामा रहेका ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल खडा गरेका हुन् । एकीकरणपछि राज्य सञ्चालन गर्ने सन्दर्भमा उनले त्यस बेला व्यक्त गरेको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रही आएको छ । उनका ती विचारलाई नेपाली समाजले पृथ्वी नारायण शाहका दिव्य उ...
२९९ औँ पृथ्वीजयन्तीको अवसरमा देविघाटमा फुटबल प्रतियोगिता देखि कविता वाचन सम्म

२९९ औँ पृथ्वीजयन्तीको अवसरमा देविघाटमा फुटबल प्रतियोगिता देखि कविता वाचन सम्म

खेलकुद, जिवनसैली, मनोरञ्जन, समाचार, समाज, साहित्य/कला, स्थानिय तह
काठमाण्डौँ, पुष २२ २९९ औँ पृथ्वीजयन्तीको अवसरमा नुवाकोटको विदुर नगरपालिका वडा नं ५ देविघाटमा फुटबल प्रतियोगिता, कविता वाचन र साँस्कृतिक कार्यक्रम हुने भएको छ । पुष २७ गते पृथ्वीजयन्तीको अवसरमा पृथ्वीस्मारक संरक्षण समितिको आयोजनाका उक्त कार्यक्रम हुनलागेको हो । पुष २२ गते (आज) बसेको समितिको बैठकले ४५ वर्षभन्दा माथिकालाई लक्षित गर्दै फुटबल प्रतियोगिता, खुल्ला कविता वाचन र साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो । ...