Friday, April 26
Shadow

Tag: पिसिआर परीक्षण

अब पिसिआर परीक्षण शुल्क एक हजार मै !

अब पिसिआर परीक्षण शुल्क एक हजार मै !

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौँ , माघ २८ । सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क रु एक हजार लिने जानकारी दिए । यसअघि पिसिआर परीक्षण शुल्क रु दुई हजार लिने गरेको थियो । यस्तै अबदेखि कोभिड–१९ को उपचार सरकारी अस्पतालमा मात्र गर्ने भएको छ । यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोभिड–१९ को उपचार गराइरहेको सरकारले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीसहित सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा आज बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो । मन्त्रालयले यसअघि कोभिड–१९ को उपचारका लागि तोकिएका मेडिकल कलेजमा आजसम्म भर्ना भई ...