Thursday, April 25
Shadow

Tag: पकाउ

भरूवा बन्दुक र कालिजसहित दुई पकाउ

भरूवा बन्दुक र कालिजसहित दुई पकाउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बझाङ , माघ २१ । बझाङमा भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । छबिसपाथिभेरा गाउँपालिका–४ स्थित टीका सामुदायिक वनबाट मङ्गलबार राति ११स्३० बजे एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जङ्गली मरेको कालिज, टर्चलाइट र एक थान हँसियासहित छविसपाथिभेरा–३ का ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीचौकी छबिसपाथीभेराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त हातहातियारसहित टीका सामुदायिक वन क्षेत्रभित्र फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।...