Friday, March 29
Shadow

Tag: नेता खनाल

ओली हिटलर जस्तै तानाशाह भएको वरिष्ठ नेता खनालको टिप्पणी

ओली हिटलर जस्तै तानाशाह भएको वरिष्ठ नेता खनालको टिप्पणी

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस २५ । नेकपा प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका छन् । सम्पर्क समन्वय कमिटीले गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको बताए । कहिले काहीँ पार्टीको गल्तीका कारण तानाशाहहरु जन्मिने भन्दै उनले त्यसविरुद्ध फेरि संघर्ष गर्दै जानुपर्ने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता खनालले शुक्रबार धनगढीमा ओली समूहले गरेको सभालाई पञ्चभेलासँग तुलना गरे । मानिसहरुलाई पैसा दिएर बस रिजर्भ गरेर गराएको भेला २०४६ साल अगाडि पञ्चहरुले गर्ने भेला जस्तै भएको उनले बताए । २०४६ साल अगाडि पञ्चहरुले देशभर भेला गर्दै हिडेका पञ्चहरुको अहिले इतिहास मेटिएर गएजस्तै केही वर्षमै केपी ओलीको पनि अस्तित्व समाप्त हुने खनालको दाबी ...