Thursday, March 28
Shadow

Tag: नेकपा जिम्मेवार

‘प्रतिनिधिसभा विघटनमा सिङ्गो नेकपा जिम्मेवार छ’ : गगन थापा

‘प्रतिनिधिसभा विघटनमा सिङ्गो नेकपा जिम्मेवार छ’ : गगन थापा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १३ नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रतिनिधिसभा विघटनको मुख्य दोषी सत्तारुढ दल नेकपा नै भएको बताएका छन् । गत पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरे पछि देशव्यापी विरोध भइरहेका बेला नेता थापाले यस्तो बताएका हुन् । नेता थापाले राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्दै राजनीतिक अपराध गरेको समेत आरोप लगाएका छन् । उनले आफ्नो घरझगडा मिलाउन नसक्ने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनकारी कार्य गरेको र यो देश र जनताको मर्म विपरित भएको समेत बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गरिरहेको छ । प्रतिनिधिसभा विघटन भएपछि नेपाली कांग्रेसले यसको विरोध गर्दै आएको छ । यसैक्रममा आज देशभर प्रदर्शन गरिरहेको हो । नेता थापाले आज नेपालगंजको विरोध कार्यक्रममा सम्बोधन गरिरहेका छन् ।...