Friday, April 19
Shadow

Tag: नेकपामा विभाजनः

नेकपामा विभाजनः दुवै पक्षले औपचारिक दाबी नगर्दा आयोग अन्योलमा

नेकपामा विभाजनः दुवै पक्षले औपचारिक दाबी नगर्दा आयोग अन्योलमा

ब्यानर समाचार, राजनिती
  काठमाडौं, पुस १६ । नेकपा फुटको विवाद बाहिर उत्कर्षमा पुगे पनि केपी शर्मा आली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले दल विभाजनको लागि औपचारिक प्रक्रिया थालेका छैनन् । दुवै पक्षले आ–आफूलाई पार्टीको संस्थापन पक्ष दाबी गरेका छन् तर कसैले पनि विभाजनको भारी बोक्न चाहेका छैनन् । दलसम्बन्धी ऐन २०७३ ले तोकेको दल विभाजन वा दल मान्यतासम्बन्धी कानुनी प्रक्रियामा कुनै पक्षले पनि प्रवेश नगर्दा निर्वाचन आयोगलाई समेत नेकपा विवादमा हात हाल्न समस्या भएको छ । ऐनका दफा ३३ ९२० अनुसार दल विभाजनका लागि केन्द्रीय समिति र संघीय संसद्का संसदीय दलसहित दुवैमा कम्तीमा ४० प्रतिशत सदस्यको साथ चाहिन्छ । यतिबेला प्रतिनिधिसभा विघटित रहेकाले ऐनको उक्त दफाअनुसार पार्टी विभाजन गर्न समस्या छ । ऐनले दफा ४३ देखि ४६ मा दलको मान्यतासम्बन्धी विवाद निरुपणको व्यवस्था गरेको छ । नेकपामा यतिबेला नाम, छाप, झण्डा र...