Friday, April 26
Shadow

Tag: नेकपाको खुशीयाली सभा

नेकपाको खुशीयाली सभा :  अब मुलुक संविधानबाट चल्छ

नेकपाको खुशीयाली सभा : अब मुलुक संविधानबाट चल्छ

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कमद असंवैधानिक ठहर्‍याउँदै संसद् पुनः स्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज राजधानीमा खुशीयाली जुलुस निकालेको छ । राजधानीको शान्तिवाटिकामा भेला भएका जनसमुदायले संसद् भङ्ग गर्ने सरकारको असंवैधानिक कदम न्यायालयले सच््याएको भन्दै खुशीयाली साटासाट गरेका थिए । सर्वोच्च अदालतले मङ्गलबार प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो । सरकारको सिफारिशमा गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरिएको थियो । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको विरोधमा नेकपालगायत विभिन्न राजनीतिक दलले देशव्यापी जनप्रदर्शन गरेका थिए । शान्तिवाटीकामा भेला भएका नेकपाका नेता कार्यकर्ताले जुलुससहित नगर परिक्रममा गरेका थिए । ज...