Thursday, April 25
Shadow

Tag: ध्यानाकर्षण पत्र

प्रोत्साहन भत्ताको मागलगायत खेलकुद मन्त्रीलाई ६ बुँदे ध्यानाकर्षण पत्र

प्रोत्साहन भत्ताको मागलगायत खेलकुद मन्त्रीलाई ६ बुँदे ध्यानाकर्षण पत्र

खेलकुद, मुख्य समाचार
  काठमाडौँ, पुस २२ । नव नियुक्त युवा तथा खेलकुद मन्त्री दाबा लामा तामाङ समक्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीएल)ले ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार मन्त्रालयमै एनएनआईपीएले मन्त्री तामाङसमक्ष खेलाडीको प्रोत्साहन भत्तादेखि अभ्यास सुरुका लागि पहल गर्न माग राख्दै ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । एनएनआईपीएले ओलम्पियन, एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण पदक विजेताले प्राप्त गर्दै आएको र हाल रोकिएको प्रोत्साहन भत्ता कार्यविधिमा कटौती नहुने गरि उपलब्ध गराउन माग गरेको छ । यस्तै, सागका रजत तथा कास्य पदक विजेता खेलाडीका लागि पनि प्रोत्साहन भत्ताको व्यवस्था गर्न एनएनआईपीएले माग गरेको छ । गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि पहल गर्न समेत माग गरेको छ ।...