Thursday, March 28
Shadow

Tag: देउवा र प्रचण्ड

माओवादी केन्द्र नयाँ गठबन्धनको गृहकार्यमा,कांग्रेस अझै पर्ख र हेरको रणनीतिमा

माओवादी केन्द्र नयाँ गठबन्धनको गृहकार्यमा,कांग्रेस अझै पर्ख र हेरको रणनीतिमा

ब्यानर समाचार, राजनिती
काठमाण्डौ , फागुन २५ । तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नयाँ गठबन्धनका लागि नयाँ शिराबाट संवाद सुरु भएको छ । अदालतले एमाले र माओवादी केन्द्रको एकता बदर गरेपछि कांग्रेसको सर्तअनुसार सत्ता समीकरणका लागि संवादको बाटो खुला भएको छ । उता पछिल्लो राजनीतिक घटनाक्रम र भावी सरकारलाई लिएर जनता समाजवादी पार्टीको पनि संसदीय दलको बैठक मंगलबार नै बस्दै छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। अहिले कायम रहेका सांसद संख्या २७० मध्ये सरकारको पक्ष÷विपक्षमा कम्तीमा १३५ सांसद आवश्यक पर्छन् । प्रधानमन्त्री केपी ओलीले कांग्रेस वा जनता समाजवादी पार्टीको समर्थनमा सरकार बचाउन सक्छन् । एमाले १२१ लाई जसपा ३४ ले समर्थन गरे १५५ र कांग्रेस ६३ ले समर्थन गरमा १८४ सांसद पुग्छन् । त्यस्तै, विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बने सरकार बनाउन सक्ने अंकगणित १५० पुग्छ । प्रतिनिधिसभामा...