Thursday, April 25
Shadow

Tag: देउवा-पौडेल

केन्द्रीय समिति बैठकः देउवा-पौडेलबीच चर्काचर्की !

केन्द्रीय समिति बैठकः देउवा-पौडेलबीच चर्काचर्की !

ब्यानर समाचार, राजनिती
काठमाण्डौ, पुस ९ । संसद विघटनविरुद्ध कांग्रेस आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद भएको छ । बुधबारको कार्यसमिति बैठकमा केहीबेर दुई नेताबीच विवाद नै भएको हो । केन्द्रीय समिति बैठक लम्बिने देखिएपछि नेता पौडेलले बुधबार नै आन्दोलनका कार्यक्रम घोषणा गर्नु पर्ने बताएका थिए । तर, सभापति देउवाले बारम्बार नेकपा फुटिनसकेको भन्दै विरोधका कार्यक्रम घोषणा गर्न नहुने बताएका थिए । त्यसैगरी देउवाले निर्वाचन आयोगले नेकपाका दुई पक्षको चुनाव चिन्हको निर्णय नगर्दासम्म पार्टीले विरोधको कार्यक्रममा जान नहुने भन्दै संसद विघटनको मुद्धा सर्वोच्चमा पुगिसकेकाले फैसला नहुँदासम्म कांग्रेसले निर्णय गर्न नहुने धारणा बुधबारको बैठकमा राखेका थिए । तर देउवाको भनाईमाथि असहमति राख्दै नेता पौडेलले संसद विघटन गर्नु असवैधानिक भएकाले नेकपा फुट...