Wednesday, April 15
Shadow

Tag: ट्राफिक सर्भिलेन्स भेइकल

बिशेष क्यामरा जडित ट्राफिक सर्भिलेन्स भेइकल परिचालन

बिशेष क्यामरा जडित ट्राफिक सर्भिलेन्स भेइकल परिचालन

समाचार, समाज, सुचना प्रविधि
काठमाण्डौँ, पुष २६ महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिशेष क्यामरा जडित ट्राफिक सर्भिलेन्स भेइकल परिचालन गर्ने भएको छ । ट्राफिक नियम उलंघन गर्ने सवारीसाधानलाई जुनसुकै बेला र जहा पनि ट्राफिक सर्भिलेन्स भेहिकलमार्फत निगरानी गरिने महाशाखाले जनाएको छ । उक्त भ्यानको अग्रभागमा ४ वटा सिसिटीभि क्यामेरा जोडिएको छ । उक्त क्यामेराले २०० मिटर अगाडीसम्मको दृश्यलाई कैद गर्न सक्ने महासशाखाले जनाएको छ । भ्यानभित्रै सञ्चार सेट, कम्प्युटर, प्राथमिक उपचारका साधन समेत रहेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिनुभयो । त्यस्तै महाशाखाले घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ । एसएसपी भट्टराईले कामकारवाही गर्ने सिलसिलामा हुन सक्ने गलत कामलाई अन्त्य गर्नका लागि आवश्यक कदल चालिने बताउनुभयो । उहाले ट्राफिक प्रहरीलाई प्रलोभन देखाउनलाई पनि कारवाही ...