Friday, March 29
Shadow

Tag: ट्याक्सी

काठमाडौँ उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित, मागसहित आए सडकमा

काठमाडौँ उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित, मागसहित आए सडकमा

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ २४ । विभिन्न माग राख्दै काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित भएका छन । शनिबार उनीहरुले आफ्ना ट्याक्सीसहित प्रदर्शन गरेका हुन् । ट्याक्सी व्यवसायीहरु काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्याक्सीसहित माइतीघरमा भेला भएका थिए । वैज्ञानिक भाडादर कायम गर्नुपर्ने, बन्द, हड्तालको नाममा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्नेलगायतका मागसहित उनीहरुले प्रदर्शन गरेका हुन् । व्यवसायीहरुले ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराउन प्रर्दशन गरेको जनाएका छन् । प्रदर्शनमा सहभागी ट्याक्सीचालकहरुले ‘ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने अवैध गतिविधि बन्द गर’, ‘राजनीतिक हस्तक्षेप बन्द गर’, ‘ट्याक्सी व्यवसासीको लगानी सुरक्षित गर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।...