Friday, April 26
Shadow

Tag: जेल

साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला

साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस १४ । साउदी अरबकी एक प्रख्यात महिला अधिकारवादी लुजैना अल-हथलुललाई जेल सजाय सुनाइएको छ। उनले महिलाहरूले सवारी हाँक्न पाउने अधिकारको वकालत समेत गरेकी थिइन। ३१ वर्षकी हथलुलले हालसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छन्। उनीसहित केही अधिकारवादीहरूलाई साउदी अरबविरुद्ध रहेको ठानिएका संस्थाहरूसँग सम्पर्क गरेको आरोपमा सन् २०१८ मा पक्राउ गरिएको थियो। अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले पटक(पटक उनलाई रिहा गर्न माग गर्दै आएका छन्। तर सोमवार आतङ्कवादविरुद्धको अदालतले राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा उनलाई दोषी ठहर गरेको छ। उनलाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको हो। दुई वर्ष १० महिनाको सजाय भने रद्द गरिएको बताइएको छ। हथलुल र उनको परिवारले भने सबै अभियोग अस्वीकार गरेका छन्। उनलाई जेलमा यातना दिइए...