Thursday, March 28
Shadow

Tag: जुलुस

दाहाल नेपाल समूहको मसाल जुलुसमा झडप , २ प्रहरीसहित ३ जना घाइते

दाहाल नेपाल समूहको मसाल जुलुसमा झडप , २ प्रहरीसहित ३ जना घाइते

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २१ । नेकपा दाहाल नेपाल समूहका नेता, कार्यकर्ताहरुले सदरमुकाम धादिङबेंसीमा बुधबार साँझ निकालेको मसाल जुलुसमा प्रहरी हस्तक्षेप भएको छ । बिहीबारका लागि आह्वान गरिएको आम हड्तालको पूर्वसन्ध्यामा निकालिएको मसाल जुलुस पुछारबजारमा समापन हुन लागेको बेला प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा केहीबेर झडप हुँदा प्रहरी निरीक्षक अरुणकुमार कुशवाह तथा प्रहरी जवान हेमला गुरुङ घाइते भएका छन् । आन्दोलनकारीतर्फ नेकपा नेता लक्ष्मण रम्तेल सख्त घाइते भएका छन् । नेकपा नेता रामबहादुर भण्डारीका अनुसार धादिङबेंसीको शिरानबजारबाट सुरु गरिएको मसाल जुलुस क्याम्पस चोक, वीचबजार, शान्तबजार हुँदै पुछारबजारमा आएर कोणसभामा परिणत भएको थियो । प्रहरी सँगको झडपमा गम्भीर घाइते भएका रम्तेललाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि काठमाडौं पठाइएको नेकपा नेता विजय बुर्लाकोटीले बताए । उनको टाउकोमा गम्भीर चोट ला...