Friday, April 19
Shadow

Tag: जीप दुर्घटना

बेनीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

बेनीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

दुर्घटना, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, कार्तिक १४ म्याग्दीको सदरमुकाम बेनी आउँदै गरेको जीप दुर्घटना भएको छ। दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएकी अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जीप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो। दुर्घटनामा घाइते भएकाहरुको बेनी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई पोखरा रिफर गर्ने तयारी भएको पनि प्रहरीले जनाएको छ।...