Wednesday, April 24
Shadow

Tag: जनप्रतिनिधि

शैक्षिक सुधारका लागि जनप्रतिनिधि विद्यालय धाउँदै

ब्यानर समाचार, शिक्षा
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन  जानकारी नदिइकन जनप्रतिनिधिहरु विद्यालयमा पुग्न थालेका छन् ।  नगरप्रमुख र उपप्रमुख नगरपालिकाको शिक्षा शाखाको टोलीसहित विद्यालयको  कक्षाकोठामै पुगेर शिक्षकहरुले अध्यापन गराएको निरीक्षणसमेत गर्ने गरेका छन् । विद्यालयको वास्तविकताबारे जानकारी लिने उद्देश्यले नगर भित्रका ८० वटै विद्यालयमा पुगेर अन्तरक्रिया गर्न थालेको उपप्रमुख सिता थापाले जानकारी दिनुभयो । उपप्रमुख थापा नगरपालिका भित्रका प्रायः सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार पर्याप्त भए पनि दरबन्दी अभाव, शैक्षिक सामग्रीको अभाव, विद्यार्थीको सङ्ख्या न्यूनलगायत समस्या देखिएको बताउनुहुन्छ । नगर शिक्षा शाखाका विद्यालय निरीक्षक गोपाल खड्काका अनुसार विद्यालयको शैक्षिक अवस्था, फर्निचर, खातापाता, पुस्तकालय, दैनिक कार्यतालिका, कार्यविभा...