Saturday, April 20
Shadow

Tag: गाँजालाई लागुऔषधको सूचीबाट हटायो

राष्ट्रसंघले गाँजालाई लागुऔषधको सूचीबाट हटायो, नेपालले गर्यो पक्षमा मतदान

राष्ट्रसंघले गाँजालाई लागुऔषधको सूचीबाट हटायो, नेपालले गर्यो पक्षमा मतदान

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर १९ संयुक्त राष्ट्रसंघले गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाउँदा नेपालले पनि पक्षमा मतदान गरेको छ । हानिकारक लागुऔषधको सूचीबाट गाँजालाई हटाउने विषयमा भएको मतदानमा नेपालले पक्षमा मत दिएको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को लगातारको सुझावपछि राष्ट्रसंघीय लागुऔषधसम्बन्धी आयोग (यूनसीएनडी) ले हानिकारक लागुऔषधको सूचीबाट गाँजालाई हटाएको हो । गत बुधबार भएको मतदानमा सहभागी भएका यूएनसीएनडीका ५३ सदस्यमध्ये २७ देशले हानिकारक लागुऔषधको सूचीबाट गाँजालाई हटाउने पक्षमा मतदान गरेका हुन् भने २५ मुलुकले हटाउन नहुने भन्दै विपक्षमा मतदान गरेका छन् । हटाउने पक्षमा नेपालसहित भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड, क्यानडा, बेल्जियम, फ्रान्सलगायतका मुलुकले मतदान गरेका थिए । यसको विपक्षमा भने चीन, अफगानिस्तान, पाकिस्तान, जापान, ब्राजिल, इराक, लिबिया, रुस, क्युबा,...