Saturday, April 20
Shadow

Tag: गल्छी–मैलुङ्ग सडक

आयोजनाको नाममा दादागिरी : ठेकेदारले गरे सुत्केरी महिलालाई खाल्टो खनेर पुर्ने प्रयास

आयोजनाको नाममा दादागिरी : ठेकेदारले गरे सुत्केरी महिलालाई खाल्टो खनेर पुर्ने प्रयास

अपराध, मुख्य समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, फागुन २३ गल्छी–मैलुङ्ग सडक निर्माण आयोजनाअन्तर्गत नुवाकोटको देवीघाट बजारमा निर्माणाधिन पुल निर्माणका क्रममा ठेगेदार कुमार अधिकारीले स्थानीय एक महिलामाथि ज्यादती गरेका छन् । ती ठेकेदारले स्थानीय महिला पवित्रा गजुरेल पुडासैनीलाई खाल्टो खनेर पुर्ने प्रयास गरेको स्थानीय माधव कुमार गजुरेलले बताए । उनका अनुसार स्थानीयको प्रयासमा ती महिलाको स्थानीय उद्धार भएको छ । सोहीक्रममा ठेगेदारले स्थानीय केदार दाहाललाई समेत हम्बरले हान्ने प्रयास गरेका थिए । पवित्राको नाममा नापी कार्यालय, नुवाकोटमा दर्ता रहेको जग्गामा बनेको दुईतल्ले घर अनाधिकृत रुपमा जवरजस्ती डोजर लगाएर भत्काउने प्रयास भएपछि सो घटना भएको पीडित पक्षको दाबी छ । सोही विषयलाई लिएर स्थानीयको पहलमा देवीघाट चौकीमा छलफलका लागि वोलाउँदासमेत ठेगेदार कुमार अधिकारीले आफ्ना आफन्त सांसद रहेको तथा प्रहरीमा पनि पहुँच भन्दै आफूलाई कसैले ...