Thursday, April 25
Shadow

Tag: खनाल–नेपाल समूह

कसरी बढ्ने ?  :  अलमलमा खनाल–नेपाल समूह

कसरी बढ्ने ? : अलमलमा खनाल–नेपाल समूह

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ५ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन थालेको एमालेको झलनाथ खनाल–माधव नेपाल समूहमा कसरी अघि बढ्ने अलमल देखिएको छ । समानान्तर रुपमा पार्टीलाई अघि बढाउने गरी राष्ट्रिय भेला गरे पनि यो समूहले ओलीलाई सच्याउने र एकता कायम राख्ने गरी अवधारणापत्र ल्याएको छ । पार्टीको अन्तरसंघर्ष संगठनको आधारमा अघि बढाउने र पालिका तहसम्म समानान्तर कमिटी ब्युँताउने राणीतिसहित खनाल–नेपाल पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो । यही राणनीतिअनुरुप पालिका कमिटीसम्मका नेता–कार्यकर्तालाई बोलाएर तिनको मन बुझ्ने र सुझावका आधारमा बाँकी कार्यक्रम तय गर्ने भनिए पनि राष्ट्रिय भेलापछिको चरणबारे प्रतिवेदन र नेतृत्व दुवैले बोलेका छैनन् । बैठकमा नेता माधवकुमार नेपालले प्रस्तुत गरेको ९ पेजको प्रतिवेदनमा ओलीलाई सच्याउने उल्लेख भए पनि उनी सच्चिएनन् भने के गर्ने भन्ने योजना छैन । सम्बद्...